म्याग्दी प्रवासी नेपाली संघ मोना स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा चन्द्र शाहीको नेतृत्वमा सर्वसम्मत रूपमा निर्विरोध भएको छ। स्पेनमा रहेका म्याग्देलीको साझा संस्था मोनाको सन् २०२५–२०२७ कार्यकालमा शाहीको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षद्धय सुरेश चोखाल, प्रविन सुवेदी, महासचिव तिर्थ जुग्जाली,कोषाध्यक्ष सोम पुन,सह–कोषाध्यक्ष नैना देवी तुलाचन,सचिव गोविन्द रोका रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा मञ्जु गौचन, रिकी पुन, श्रीकृष्ण क्षेत्री, राजु रोका, इन्दु शेर्पुन्जा र चन्द्र पुर्जा रहेको उपाध्यक्ष प्रविण सुबेदीले बताउनुभयो । अधिवेशनमा पूर्व अध्यक्ष रुपेश राम्जालीले स्पेनमा रहनुभएका म्याग्देलीलाई मोनामा आवद्ध भएर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन अनुरोध गर्नुभयो ।
निर्वतमान अध्यक्ष अयेन्द्र तुलाचनले आफ्नो कार्यकालमा खेलकुद सहित विभिन्न गतिविधिमा रचनात्मक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।