जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ ।गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३,फलियागाउँ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो ।
समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र प्रदान गर्नुभएको छ ।
यसअघि गत चैत १९ गते कोषाध्यक्ष नियुक्त भएका नरेश पुन अस्टे«लिया गएपछि उक्त पद रिक्त भएको थियो । यसअगाडीको कार्यकालमा कार्यसमिति सदस्य रहनुभएका मल्ल पुर्व कराँते खेलाडी तथा प्रशिक्षक समेत हुनुहुन्छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्षमा सुमन श्रेष्ठको कार्यसमितिमा उपाध्यक्षमा बिष्णुकुमारी रोका, सचिवमा कुमार किसान रहनुभएको छ । नवनियुक्त कोषाध्यक्ष मल्लले समितिलाई खेलकुद गतिविधिमा केन्द्रित गदैं जिल्लाभित्र खेलाडी उत्पादन र प्रोत्साहनमा केन्द्रित हुने बताउनुभयो ।