---Advertisement---

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

On: August 13, 2025 6:02 PM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ ठुलोढाटरमा ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । रुन्मा-दरवाङ सडक अन्तर्गत पर्ने सडकमा दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको बोलेरो जिप ठुलोढाटरमा दुर्घटना हुँदा जिपमा सवार मालिका गाउपालिका-५ रुन्माका ४३ वर्षीया खनदेबी  फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।

उहाँका अनुसार गाडीका चालक मालिका-५ का ४० वर्षका चन्द्र पुन, १४ वर्षकी श्रीजना घर्ती र ७३ वर्षका भविराज फगामी घाइते भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचारका लागि दरवाङ आधारभुत अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभएको छ ।

Leave a Comment