---Advertisement---

दानमुठीबाट संकलित साढे २ करोडमा मन्दिर र सभाहल

On: August 13, 2025 6:12 PM
Follow Us:

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन गण्डकी) परियोजनाको राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । बागलुङ नगरपालिका-१ को मालढुंगा नजिकै मन्दिर र सभाहल निर्माण गरिएको हो । 

इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट संकलित रकमबाट २ करोड ५० लाखको लागतमा सभाहल सहितको मन्दिर निर्माण भएको इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले बताए । दानमुठीकै भरमा सयौं वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ ।

यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जमिनमा इस्कोन गण्डकी परियोजना सञ्चालनमा छ । तीन वर्षअघि निर्माण भएको डीपीआर अनुसार यहाँ ४३ करोडका संरचना बन्नेछन् । सभाहल, मन्दिर, साकाहारी भोजनालय, धर्मशाला र अतिथिगृह बनाइने भएको हो । त्यसबाहेक कालीगण्डकी किनारमा स्नानस्थल, आरतीको विशेष मञ्च र ध्यान स्थलसमेत बनाइनेछ ।

यसैबीच हाल निर्माण गरिएको मन्दिर र सभाहल भने साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीको दिन उद्घाटन गरिनेछ । साउन २५ गतेदेखि ३१ गते सम्म साताव्यापी कार्यक्रम गरेर जन्माष्टमी मनाउन लागिएको हो ।

Leave a Comment