म्याग्दीको मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटनामा घाईते भएका चालक सहित एक यात्रुलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलोजाद्रो भन्ने स्थानमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको थियो ।

मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि रुन्म जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर करिब ४० मिटर तल खस्दा घाईते हुनुभएका चालक चन्द्र पुन, यात्रु भविराज फगामीलाई प्राथमिक उपचार केन्द्र दरबाङमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

जिपमा सवार यात्रु सृजना घर्तीको प्राथमिक उपचार केन्द्र दरबाङमा उपचार भइरहेको छ । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । अबिरल बर्षासँगै ग्रामिण सडकमा यात्रा गर्दा जोखिम हुने भएकाले सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ ।
