---Advertisement---

सडक दुर्घटनामा ज्यान गुमाउनुभएका पुनको शब नेपाल पठाइयो

On: August 13, 2025 10:40 PM
Follow Us:

यूरोपेली देश माल्टामा सडक दुर्घटनामा ज्यान गुमाउनुभएका म्याग्दी रघुगंगा गाउँपालिका–५,झी खिम बहादुर पुनको शब बुधबार नेपाल पठाइएको छ । गत १० अगष्ट विहान करिब साढे ५ बजे काममा जाँने क्रममा पुन सवार स्कुटरलाई १७ वर्षिया युवकले चलाएको कारले ठक्करबाट ज्यान गुमाउनुभएका पुनको आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाइएको मगर समाज माल्टाका महासचिव भरत पाईजाले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘यहाँका नेपाली एकजुट भएर दुखद् घटनामा साथ दिनुभयो, हामीले कानुनी प्रक्रिया पूरा गरी शब पठाएका छौ’ महासचिव पाईजाले भन्नुभयो । मृतक पुनको शब पठाउन एनआरएन माल्टा सहित नेपाली संघसंस्थाको सक्रियता रहेको थियो । यस घटनामा माल्टाका स्थानीय मिडियाले समेत प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेपछि मृतकका छोराछोरीको शिक्षादीक्षाका लागि २९ हजारभन्दा बढी यूरो गो फन्ड मी मा संकलन भएको छ ।

विगत ३ वर्षदेखि माल्टास्थित माटर देई अस्पतालको मोर्चुरीमा गैर आवासीय नेपाली संघ एनआरएनए माल्टा सहित नेपाली संघसंस्थाले अन्तिम बिदाइ कार्यक्रम गरेका थिए । फुड डेलिभरीको काम गर्नुहुने पुनले आइतबार दुई जनाको अर्डर लिएर जाने क्रमम दुर्घटनामा पर्नुभएको थियो । बुधबार नेपाली समुदायले श्रद्धाञ्जली सभाको आयोजना गरेका थिए ।


यता मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्काले पुनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष खड्काले ठक्कर दिने यूवालाई कडा कारवाही तथा कानुनी रुपमा क्षर्तीपुर्तीको माग सहित एनआरएन माल्टा सहित नेपाली संघसंस्थासँग समेत सहकार्य गरी न्याय दिलाउन मोना निरन्तर लाग्ने बताउनुभयो ।

स्वर्गीय पुनको अन्तिम बिदाइ तथा पार्थिव शरीर नेपाल पठाउने कार्यमा सहयोग गर्नेहरुलाई मोनाले आभार प्रकट गरेको छ । मृतक पुनको घरमा आमाबुबा, २ छोरा १ छोरी रहेका छन् । छोराछोरीको शिक्षादीक्षाका लागि गो फन्डबाट आर्थिक संकलनको कार्य समेत भइरहेको छ । माल्टामा क्रियाशिल संघसंस्थाहरुले सहयोग संकलनमा सक्रियता देखाएका छन

Leave a Comment