---Advertisement---

जोमसोममा पहिलोपटक अटोरिक्सा सेवा सुरू, पर्यटकलाई सहज हुने

On: August 14, 2025 7:40 AM
Follow Us:

मुस्ताङमा घुम्न जाने पर्यटक तथा स्थानीयबासीलाई लक्षित गरी घरपझोङ गाउँपालिकाले तीन पाङग्रे सवारी साधन (टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा) सुरू गरेको छ । गाउँपालिका क्षेत्रमा गुड्ने तीन पाङ्ग्रे सवारी साधनकाका लागि रूट तथा भाडा दर समेत तोकेपछि चिमाङ, उपल्लो स्याङ र ढुम्बा सम्ले गाउँ बाहेक सबै बस्तीमा पुग्ने गरी तीनवटा अटोरिक्सा सञ्चालन गरिएको हो ।

अटो रिक्साको गाउँपालिका अध्यक्ष मोहनसिङ लालचन र प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सदरमुकाम जोमसोममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आसपासका पर्यटकीयस्थलमा जान सहज हुने गरी तत्काल तीनवटा अटोरिक्सा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो ।अधिकारीले भन्नुभयो,‘‘छोटो रुटमा हिड्ने पर्यटकलाई सहज हुन्छ,नियमित अनुगमन समेत गर्नेछौ ।’’


गाउँपालिकाले कच्ची र जोखिमको मापन गरी केही भुभाग बाहेक गाउँपालिका भित्रका सबैजसो बस्तीमा पुग्ने गरी न्यूनतम १ सयदेखि रिजर्भको ५ सय रुपियाँ भाडा तोकिएको छ । रुट कायम गरिएको क्षेत्रमा न्युनतम एक जना यात्रु भएपनि बोक्नुपर्ने छ । मुस्ताङ घुम्न आएका पर्यटक जोमसोममा बास बस्ने क्रममा पर्यटकलाई अटो रिक्सा सेवा प्रभावकारी भएमा संख्या थप गर्न सकिने गाउँपालिका अध्यक्ष लालचनले बताउनुभयो ।

तीन पाङ्ग्रे सार्वजनिक यातायात संञ्चालन भएपछि यात्रुकालागी धेरै सहज हुने अनुमान गरेको अध्यक्ष लालचनको भनाई छ । यसैबीच अटोरिक्सा मापदण्ड अनुसार सञ्चालन गर्न जिल्ला ट्र«ाफिक प्रहरीले समेत नियमित अनुगमन तथा चेकजाँच गर्नेछ । घरपझोङ गाउँपालिकाभित्र रहेका ढुम्बा ताल, हिमचितुवा गुफा सहित अन्य पर्यटकीयस्थलमा जाँदा ट्याक्सी र जीपमा महँगो भाडा तिनुपर्ने बाध्यता थियो ।

Leave a Comment