---Advertisement---

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

On: August 15, 2025 9:42 AM
Follow Us:

कालीगण्डकी कोरिडोर सडकअन्तर्गत मालढुङ्गा–बेनी सडकको वैकल्पिक सडकका रूपमा रहेको बागलुङ–बेनी सडकलाई सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामो बागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ ।

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

उक्त सडकको हुुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए ।  यो सडक बेनीदेखि बागलुङ जानका लागि छोटो दूरीको सडक पनि हो । वर्षातका समयमा मालढुङ्गा–बेनी सडकमा पहिरो खसेर अवरुद्ध हुँदा बागलुङ हुँदै बेनी जान यो सडक प्रयोग गरिन्छ । RSS

Leave a Comment