---Advertisement---

बालबालिकाका निति उत्कृष्ट, कार्यान्वयनको अवस्था कमजोर

On: August 16, 2025 4:51 PM
Follow Us:


जिल्ला वाल अधिकार समिति तथा जिल्ला वाल सञ्जाल म्याग्दीको बैठकले शनिबार प्रदेश वालवालिका सम्वन्धी नियमावली २०८२ को मस्यौदा माथी दफावार छलफल सहित जिल्लाभित्रका बालबालिकाको समस्या तथा समाधानका विषयमा छलफल भएको छ

सदरमुकाम बेनीबजारमा आयोजित बैठकले वालवालिका सम्वन्धी नियमावली २०८२ को मस्यौदामा सुझाव संकलनसँगै स्थानीय तहमा बाल सञ्जाल गठन, बालविबाह बिरुद्धको सचेतनामुलक अभियान, विद्यालयभित्र खेलकुद गतिविधिलाई रोक्ने तथा शैक्षिक र खेलकुद क्यालेण्डर बनाउन सरोकारवाला निकायलाई दबाब दिने निर्णय गरिएको छ ।


जिल्ला वाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद ढुंगानाको अध्यक्षता, जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्रीको प्रमुख आथित्यतामा भएको बैठकमा सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुबेदीको प्रस्तुतीकरण तथा जिल्ला बाल सञ्जाल म्याग्दीकी अध्यक्ष रेजिना भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

बैठकमा म्याग्दी जिल्लाका बालबालिकाकाको समस्या पहिचानसँग समाधान तथा जिल्लाभित्र रहेका बालबालिकासँग सम्बन्धित निकायको सहकार्यमा कमी रहेको प्रमुख अतिथि खत्रीले बताउनुभयो ।बालबालिकासँग सम्बन्धित निति राम्रो भएपनि कार्यान्वयनको अवस्था भने कमजोर रहेको बताउँदै जिसस कार्यबाहक प्रमुख खत्रीले बालबालिकामैत्री बजेटमार्फत समस्या समाधानका लागि अब ढिलाइ गर्न नहुने बताउनुभयो ।


बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य,जिल्ला अदालत म्याग्दीका श्रेष्तदार भोलाराज शर्मा, जिल्ला न्यायधिबक्ता गोपालप्रसाद ढकाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विदुर शर्मा चापागाई, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, जिल्ला बाल संगठन म्याग्दीक पूर्व अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतको उपस्थिति रहेको थियो ।

बैठकले गरेका निर्णयहरु कार्यान्वयन तथा जिल्लाका सबै स्थानीय तहमा बालसञ्जाल गठन गरी बालिबालिकामाथि हुने हिंसा, बालशोसण, बालविवाह न्युनिकरण तथा क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिने बताइएको थियो ।

Leave a Comment