---Advertisement---

अलपत्र परेको भवनमा होमस्टे संचालन गरिने

On: August 16, 2025 7:52 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुईसे टोलमा अलपत्र परेको भवनमा होमस्टे संचालन गरिने भएको छ । वडा कार्यालयले आर्थिक बर्ष २०८१÷०८२ मा बषौँदेखि अलपत्र रहेको आरसिभियुको भवन मर्मत गरेर उक्त भवनमा होमस्टे संचालन गर्न लागेको हो ।

स्थानीय आमा समुहलाई भवनको जिम्मा लगाएर गाउँमा आउने पर्यटकका लागि होमस्टे संचालन गर्न लागेको वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । ‘बषौँदेखि अलपत्र अबस्थामा रहेको भवनलाई हामीले यसको मर्मत गरेर गाउँमा आउने पर्यटकका लागि स्थानीय आमा समुहको समन्वयमा होमस्टे संचालन गर्ने तयारी गरेका छौँ ।’ भण्डारीले भन्नुभयो ।

अघिल्लो आर्थिक बर्षमा भवनको शौचालय, छानो मर्मत, झ्याल ढोका, रेलिङ र कोठामा रङ लगाउने काम भएको छ । यो आर्थिक बर्ष पनि बाँकी रहेको कामलाई मर्मत गरेर यही आर्थिक बर्षदेखि होमस्टे संचालन गर्ने तयारी गरिएको छ ।

पर्यटकीय स्थल रुईसे, भेडी ओडार पुग्ने पर्यटकलाई लक्षित गरी रुईसेटोलमा होमस्टे संचालन गर्न लागेको वडाले जनाएको छ । ‘होमस्टे संचालनमा आएपछि यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ गाउँमा उत्पादन हुने स्थानीय उत्पादनलाई समेत प्रोत्साहन हुन्छ ।’ वडा अध्यक्ष भण्डारीले भन्नुभयो ।

२०३८ सालमा निर्माण भएको भवनमा तत्कालिन समयमा वन कार्यालय रहेको थियो । वन कार्यालयलाई जिल्लामा तानिएपछि उक्त भवन अलपत्र थियो । गाउँमा आपत विपद पर्दा उक्त भवनलाई प्रयोग गरिदै आएपनि भवनको मर्मत सम्भारको काम भने हुन सकेको थिएन ।
पर्यटकीय स्थल रुईसे जाने पर्यटकहरु गाउँमा होमस्टे वा होटल खोज्दा पनि छैन भन्नुपने अबस्था थियो रुईसेटोलका स्थानीय खिम बहादुर भण्डारीले भन्नुभयो ।

‘गाउँको बिचमा अलपत्र अबस्थामा रहेको भवनमा होमस्टे संचालनमा आएपछि गाउँमा आउने पर्यटकलाई फर्काउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।, होमस्टे संचालनमा आएपछि गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जान्छ ।’

Leave a Comment