म्याग्दी समाज काण्ठमाण्डौको २५ औ साधारणसभा तथा ९ औं अधिवेशनबाट बेनी नगरपालिका वडा नं ३ भकिम्लीका कमलराज पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिबार काठमाण्डौमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा मनबहादुर पुन, गाजुली पाइजा, सचिप हेम पाइजा, सह–सचिव देव पुन, कोषाध्यक्ष रुक राम्जाली, सह–कोषाध्यक्ष दम पुन रहेको २१ सदस्य कार्यसमिति चयन भएको छ ।

अधिवेशनको उद्घाटन गदैं पुर्व अध्यक्ष तुलप्रसाद पुनले म्याग्दीबाट विभिन्न कारणले काठमाण्डौमा बसोबास गर्ने मगर समुदायले स्थापना गरेको संस्थामार्फत रचनात्मक कार्यहरु भएको बताउनुभयो । उहाँले समाजमार्फत जातिय पहिचान सहित विभिन्न सामाजिक तथा खेलकुद गतिविधि समेत सञ्चालन गरिएको बताउनुभयो । सोही अवसरमा पुर्व अध्यक्ष टंकप्रसाद बुढाथोकीले मगर लगायतले मन्तब्य राख्नुभएको थियो । साधारणसभाको स्वागत सहित मगर समुदायका बारेमा उपाध्यक्ष डा. प्रतिभा पुनले जानकारी गराउनुभएको थियो ।