---Advertisement---

म्याग्दीका तीन महिला खेलाडी एन्फा महिला लिग छनौट प्रतियोगिता खेल्दै

By हरिकृष्ण गौतम
On: August 16, 2025 9:56 PM
Follow Us:

अखिल नेपाल फुटबल संघ (एन्फा)द्धारा एन्फा महिला लिग छनौट प्रतियोगितामा म्याग्दीका तीन खेलाडीले सहभागिता जनाएका छन्।

म्याग्दीको महिल फुटबल टिममा आवद्ध भएर जिल्ला तथा प्रदेशस्तरीय खेलमा समेत उत्कृष्ट खेल देखाउन सफल मंगला गाउँपालिका वडा नं २ की निकिता सिंह र मालिका गाउँपालिका–६, दिच्यामकी गंगा पाइजा आरएस.पोखरा फुटबल क्लब र पोखरा गल्र्स एफसीमा मालिका गापा–५ देविस्थानकी दिपा बुढा गोलरक्षकमा अनुबन्धन हुनुभएको छ ।

आरएस.पोखरा फुटबल क्लबमा आवद्ध सिंह म्याग्दीकी महिला फुटबलकी क्याप्टेन समेत हुनुहुन्छ । म्याग्दीबाट पछिल्लो समय फुटबल खेलमा समेत छात्रा प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम हुन थालेपछि ब्ष्वसायिक क्लवमा समेत आवद्ध हुने अवसर मिलेको जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले बेनीअनलाइनलाई बताउनुभयो ।


अध्यक्ष बानियाँका अनुसार एन्फा महिला लिग छनौटमा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई धेरै अवसर हुने भएकाले म्याग्दी जिल्लाबाट राष्ट्रियस्तरको प्रतिनिधित्वका लागि अझै जिल्लामा नियमित प्रशिक्षण सहित प्रतियोगिताको आवयकता रहेको बताउनुभयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदान र च्यासलस्थित च्यासल रंगशालामा भइरहेको खेलमा सिंह र पाईजा आवद्ध आरएस.पोखरा फुटबल क्लबले एक खेल जितेको छ ।

प्रतियोगितामा देशभरका १४ क्लबहरु आवद्ध रहेका छन् । प्रतियोगिताबाट कुल पाँचवटा टोलीहरु एन्फा महिला लिगको लागि छनौट हुनेछन् । सहभागी १४ टिमहरुलाई दुइ समुहमा विभाजन गरिएको छ । हरेक टिमले आफ्नो समुहमा ६ वटा खेलहरु खेल्नेछन् । दुवै समुहको विजेता र उपविजेता टिमहरु स्वत एन्फा महिला लिगको लागि छनौट हुनेछन् भने समुहको तेस्रो स्थानका टिमहरुबीच एक नकआउट खेल खेलाइ विजेता टिम छनौट गरिनेछ । प्रतियोगितामा कुल ४३ वटा खेलहरु खेलिनेछन् ।

हरिकृष्ण गौतम

Leave a Comment