ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको एघारौं वार्षिकोत्सवका अवसरम म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडामा पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आउनुभएका अशोक शाहीलाई नगद १० हजार नगद र सम्मानपत्रले सम्मान गरिएको छ ।
जिल्लामा पहिलोपटक ब्यवसायीक अरिङ्गालपालन गर्नुभएका शाही देशभरबाट उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृति हुनुभएको कार्यालय प्रमुख रामचन्द गिरील्े बताउनुभयो । सम्मानित हुने शाहीलाई संचालन तथा सुपरीबेक्षण वुटवलका प्रमुख कुमार वहादुर सिंह, प्रमुख अतिथि नेपाल वैक लिमिटेडका प्रतिनिधि अर्जुन वहादुर कंडेल, प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल, फोकल पर्सन मोतिराम खनाल, कर्जा विभागका प्रमुख मोतिराम अधिकारीले सम्मान गर्नुभएको थियो ।

नाफामुखीभन्दा सेवामुखी भावनाले संस्थाको लक्ष्य, नीति तथासदस्यहरुले संस्थाबाट प्राप्त सरल कर्जा र वित्तीय सेवाले आफ्नो आयआर्जन बढाएको म्याग्दी शाखा प्रमुख गिरीको भनाई छ ।शाहीले नजिकैको जङ्गलबाट ल्याएर गोला अरिङ्गाल पाल्न थालेपछि चर्चा भएको छ । गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाहीले यसबर्षे उत्पादन धेरै रहेको बताउनुभयो । शक्तिवद्र्धक मानिने अरिङ्गालको भुटेको लार्भा प्रतिरिकापी ५ सयका दरले बिक्री हुन्छ।