---Advertisement---

तिज गीतमा मौलिकताको चिन्ता

On: August 17, 2025 9:06 AM
Follow Us:

वर्षभरिका पीडा, वेदना गीतमा उनेर गाइएका गीतले तिज आएको छनक दिन्छ । तिजका गीत सुनेर कहाँ के घटना घट्यो, के भयो भन्ने थाहा पाइने, वर्षभरिका घटना गीतले तत्कालीन समयकालका वर्णन गरिएको पाइन्थ्यो तर पछिल्लो केही वर्षयता तिज गीतको नाममा रत्यौली भित्रियो भन्ने आलोचना हुने गरेको छ । अहिलेको तिजमा मौलिकपन हराएको अग्रज कलाकार बताउँछन् ।

लोकसङ्गीतका अनुसन्धानकर्ता डा. तुलसी प्रवासले बजारमा आएका तिज गीत सबै तिज शैलीको नभएको बताउनुभयो । “तिजको मर्म, विशेषता बोकेका गीत कम सुन्न पाइएको छ । अधिकांश गीत तिजका अवसरमा निकालिएका लोकगीत हुन् । त्यस्ता गीत विकृति हुन,” उहाँले भन्नुभयो । तिज सांस्कृतिक पर्व मानिएकोले यसलाई बिगार्न नपाइने उहाँको भनाइ छ । “कलासंस्कृति बचाउने कलाकारले हो । कलाकारले पनि संस्कृति र विकृति एउटै भन्न थाले । यो गलत हो । कलाकारले अर्को कलाकारलाई नियन्त्रण गर्न सक्नु पर्छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष प्रजापति पराजुलीले तिज गीतको नाममा रत्यौली भित्रिएको बताउनुभयो । “बिचमा तिज गीत धरमराएको थियो, तिज रत्यौली भएरै प्रस्तुत भएको थियो । तिज गीतमा केटा मान्छेको सहभागिता देखिनेबित्तिकै बिगँरदै गयो । स्टुडियोमा पुरुषले गाइदिए, सुन्नलाई नाच्नलाई मजा हुने भयो तर पुरुषको सहभागिता त्यति राम्रो होइन गाउनेमा । बाउ र छोरी, चेलीबिचको संवाद नराम्रो भने होइन । अन्यमा जानुभएन, माया प्रेमका कुरा नआउन परो,” उहाँले भन्नुभयो ।

गीत बनाएर मात्र पुग्दैन, प्रचारका लागि उत्तिकै मात्रामा खर्च हुने गर्छ । गायक जीवन दाहाल भन्नुहुन्छ, “गीत रेकर्ड गर्न एकदमै गाह्रो छ । लगानी उठ्दैन । स्टेज कार्यक्रमले चल्नुपर्ने अवस्था छ । चाडपर्वका गीतलाई जोगाइराख्नका लागि भए पनि गीत रेकर्ड भइरहेका छन् ।”  गोरखापत्र अनलाइन

Leave a Comment