म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द फगामीले मोना हाउसको जग्गा खरिदका लागि १ लाखभन्दा बढी नगद सहयोग गर्नुभएको छ। बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि जग्गा खरिदका लागि मालिका गाउँपालिका–५ देविस्थान जन्मघर भई हाल कतारमा कार्यरत फगामीले १ लाख ११ हजार १११ सहयोग गर्नुभएको मोना अन्तराष्ट्रि«यका महासचिव सुनेश केसीले बताउनुभयो ।
मोना हाउस बनाउन अभियानमा सुरुवातदेखि नै सक्रिय फगामी मोना कतारका पुर्व अध्यक्ष समेत हुनुहुन्छ भने विभिन्न संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । मोनामार्फत भएका विभिन्न सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यहरुमा समेत फगामीले आर्थिक सहयोग गर्नुभएको छ । मोना अध्यक्ष ददीवल खड््काले आफ्नो कार्यकालमा मोना हाउसका लागि जग्गा खरिद सहित संरचना बनाउने प्रतिबद्धता जनाए अनुसार हाल आर्थिक संकलनको कार्य भइरहेको छ । मोना हाउसको शिलन्यास आगामी असोजमा सदरमुकाम बेनीबजारमा हुने महाधिवेशनमा हुने जनाइएको छ ।