---Advertisement---

न्यु होराइजन आमाविका विद्यार्थीले श्रीकृष्ण जन्माष्टमीमा संकलित आर्थिक मन्दिरलाई सहयोग

On: August 17, 2025 11:04 PM
Follow Us:

पर्वतकोे जलजला गाउँपालिका–३, पर्वतबेनीमा अवस्थित न्यु होराइजन आवासीय माविका विद्यार्थीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा संकलन भएको आर्थिक गणेश मन्दिरमा सहयोग गरेका छन् । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आइतबार भजन तथा नृत्य सहित मन्दिरमा विर्सजन गर्ने कार्यमा विद्यालय तथा बजार क्षेत्रमा विद्यार्थीले संकलन गरेको ३ हजार १ सय ८५ रुपैयाँ मन्दिरलाई सहयोग गरिएको विद्यार्थी असल जिसीले बताउनुभयो ।


विद्यालयले विद्यार्थीलाई संस्कारसहितको शिक्षामा जोड दिँदै हिन्दु धर्मसेवा समिति, उद्योग वाणिज्य संघ पर्वत शाखा, विभिन्न स्थानीय संघसंस्थाको समयत सहभागितामा आयोजित कार्यक्रममा विद्यालयले विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजना गरिएको विद्यालयका शैक्षिक निर्देशक नारायण पौडेलले बताउनुभयो ।

सत्य र विजयको प्रतीकका रूपमा रहेको पर्वको महत्वसँगै विद्यार्थीलाई श्रीकृष्णको जीवन र शिक्षालाई झल्काउने आकर्षक झाँकी सहित बजार परिक्रमा गरी सांस्कृतिक विविधता र धार्मिक एकताको सन्देश प्रवाह गरेको मन्दिरका अध्यक्ष बलराम श्रेष्ठको भनाई छ । कार्यक्रममा आदर्श टोल सुधार समिति जलजलाको भजन कृतन समुहको समेत सहभागिता रहेको थियो । विद्यालयले अन्य धार्मिक पर्वहरुका बारेमा समेत विद्यार्थीलाई जानकारी दिने तथा विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Comment