---Advertisement---

मोना जापानले मनायो तिज

On: August 18, 2025 8:52 AM
Follow Us:

हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा जापानमा रहेका म्याग्देलीले तीज मनाएका छन् । मोना जापानको आयोजनामा टोकियोमा सम्पन्न भएको कार्यक्रममा महिलाले नाचगान गरेर मनाएका थिए । जापानमा रहेका म्याग्देली चेलीलाई तिजको अवसरमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले आयोजित कार्यक्रमको मोना जापानका सल्लाकार तिलक मल्लले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि मल्लले प्रवासमा रहेका म्याग्देली चेलीलाई तिजको अवसरमा कार्यक्रमहरु भइरहेको बताउनुभयो ।


प्रमुख अतिथि मल्लले तीज केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक, सामाजिक र भावनात्मक एकताको प्रतीक भएकाले प्रवासमा रहेका नेपाली चेलीहरुलाई झनै महत्व रहेको बताउनुभयो । सोही अवसरमा तीजको सांस्कृतिक, धार्मिक, सामाजिक पक्ष कमजोर हुने र मनोरञ्जनमा मात्रै सीमित हुँदा विकृति आउनेतर्फ ध्यान दिइएको र प्रवासमा रहेका नेपाली चेलीले तिजलाई विकृति रहित बनाएर मनाउने संस्कार कायम राखेको बताइएको थियो ।

मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष टिका छन्त्याल र सञ्चालन सुरेश पुनले गर्नुभएको थियो । कार्यक्रममा मोना जापानका सल्लाहकार राम खड्का, निवर्तमान अध्यक्ष तथा सल्लाहकार विशाल केसी, उपाध्यक्ष रेखा केसी लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

करिव १५० जना दिदीवहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा मनिषा खातीले तीज नृत्य, अविसरा पूर्जाले थाली नृत्य पस्तुत गर्नुभएको थियो भने लोक गायीका समिना खड्का लोहनीले पनि साँगीतिक प्रस्तुती रहेको थियो ।कार्यक्रम मोना जापानका नवनिर्वाचित अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष टिका छन्त्यालको स्वागत र महासचिव सुरेश पुनको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Comment