---Advertisement---

म्याग्देलीको सक्रियतामा जापानमा दुई दिने तिज फेस्टिबल हुने

By हरिकृष्ण गौतम
On: August 18, 2025 9:11 AM
Follow Us:

हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा जापानमा नेपालका चर्चित कलाकारको उपस्थितिमा दुई दिवसीय तिज फेस्टिबल हुने भएको छ। जापानमा रहेका नेपालीलाई एकै ठाउँमा उपस्थित बनाएर तिज मनाउने उदेश्यले तोयामा पार्कमा आगामी अगष्ट २३ र २४ तारिकमा हुने फेस्टिबलमा नेपालका चर्चित कलाकार प्रकाश सपुत, प्रिति आले, खुमन अधिकारी, रितु कंडेल, कुमार कार्की लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।

एसएम वाई जी ग्रुपको आयोजना, मोना जापान र सिन्जुकु–कु का नगरपालिकाको सहयोगमा आयोजित फेस्टिबललाई भब्य र सभ्य बनाउन सबै नेपाली संघसंस्थाले रचनात्मक सहयोग गर्नुपर्ने तयारीका बारेमा जानकारी गराउने कार्यक्रममा बताइएको छ ।


आगन रेष्टुरेन्ट शिनओकुबुमा आयोजित पत्रकार सम्मेलनमा मोना जापानका सल्लाहकार तिलक मल्लको सभापतित्व, एआरएनए जापानका अध्यक्ष सुवास लामिछानेको विोश सहभागितामा आयोजित पत्रकार सम्मेलनमा ईभेन्ट पार्टनर रोबिन शेरचन, आयोजकमध्येका ज्ञानेन्द्र कार्कीले सञ्चालनका बारेमा जानकारी गराउनुभएको थियो ।

मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले तीज पर्वले हाम्रो सामाजिक सद्भाव र एकता कायम गर्न सफल भएकाले यसको मर्म र महत्वलाईबचाइ राख्नुपर्ने बताउनुभयो ।तीज पर्वलाई महिलालाई खुसी र स्वतन्त्रता दिने पर्वको रूपमा मनाउने गरिएको छ ।

यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व त झन उच्च रहेको अध्यक्ष खड्काको भनाई छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी, समाजसेबी ओम गुरुङ लगायतले बोल्नुभएको थियो भने धन्यबाद ज्ञापन आयोजक प्रतिनिधि जिबन न्यौपाने र समापन कार्यक्रम संयोजक तथा सम्मेलनका अध्यक्षता गर्नुभएका तिलक मल्लले गर्नुभएको थियो । नेपाली महिलाको महान पर्व तीज भदौ १० गते शनिबार पर्छ । तीज आउन अझै केही दिन बाँकी भए पनि यसको रमाइलो भने सुरु भइसकेको छ ।

हरिकृष्ण गौतम

Leave a Comment