---Advertisement---

संघीय खानेपानी कार्यालय बन्द हुदाँ योजना प्रभावित भएको भन्दै ध्यानार्कषण

On: August 18, 2025 10:46 AM
Follow Us:

बेनीस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लगाइएको तालाबन्दीले आयोजनाको काम प्रभावित भएको भन्दै तालाबन्दी खोली आयोजनासँग सम्बन्धित कार्यक्रम अगाडी बढाउन माग गरिएको छ । जिल्लामा सञ्चालनमा रहेको बेनी खानेपानी सरसफाई तथा उपभोक्ता संस्था, बृहत् घोप्टेखोला खानेपानी, बृहत् चिमखोला भगवती खानेपानी लगायतका आयोजनाहरूलाई प्रत्यक्ष असर गरेको भन्दै आन्दोलनलाई समर्थन गदै आयोजनाको कामलाई अगाडी बढाउन आवश्यक सहजीकरणको अनुरोध गरिएको छ ।


तीनै वटा संस्थाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै गत अषाढ ३१ गतेदेखि जिल्लास्थित प्रमुख राजनीतिक दलहरुले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण सहित प्रतिबद्धता समेत जनाएका छन् । ज्ञापनपत्रमा लामो समयसम्म आयोजनाको कार्यालय तालाबन्दी हुँदा आयोजना लागू भएका खानेपानी उपभोक्ता संस्थाहरुमा यसको असर देखिन थालेकाले आन्दोलनलाई यथाबत राखेर आयोजनाको काम समेत अगाडी बढाउने वातावरण बनाउन अनुरोध सहित ज्ञापनपत्र बुझाइएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।


अनिश्चतकालिन रुपले आयोजना कार्यालयमा तालाबन्दी हुँदा खानेपानी उपभोक्ता संस्थाहरुमा संचालित आयोजनाहरुको डिपिआर तया।र गर्ने, स्रोत सुनिश्चिताको फाइल अगाडी बढाउने लगायत आयोजनासंग सम्बन्धित अन्य विविध कार्यहरु समेत प्रभावित भएकाले तत्काललाई आयोजनाको कार्यालय खोली आयोजनासंग सम्बन्धित कार्यक्रम अघि बढाउने कार्यमा पहल गर्न जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधिलाई समेत अनुरोध गरिएको छ । यसैबीच कार्यालयलाई जिल्लामै राख्नका लागि दीर्घकालिन समाधानको उपायहरु खोज्न मन्त्रालय, विभाग र सम्बन्धित निकायमा समेत अपिल गरिएको छ । ज्ञापनपत्र बुझाउन बेनी खानेपानीका अध्यक्ष गिरी, बृहत् घोप्टेखोला खानेपानीका अध्यक्ष भेषबहादुर शेरपुञ्जा र बृहत् चिमखोला भगवती खानेपानीका अध्यक्ष गमबहादुर पुन लगायतको उपस्थिती रहेको थियो ।


गत चैत १९ गते बसेको सङ्घीय खानेपानी मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभ्ने तयारीको विरोध जनाएका राजनीतिक दलहरूले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी जिल्लाबासीको माग भएकाले माग सम्बोधन नभई खोल्न नसकिने विषयमा सबै राजनीतिक दल, जनप्रतिनिधिको एकमत रहेको छ ।म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा सङ्घीय सरकारले सञ्चालन गरेका खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी आयोजना कार्यान्वयनका लागि विसं २०७७ मा बेनीमा कार्यालय स्थापना गरिएको थियो ।

Leave a Comment