म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा घाईते भएका तीनजनालाई थप उपचारका लागि पोखरास्थित मनिपाल अस्तालमा रिफर गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामफेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा गम्भीर घाईते भारत बिहारराज्य गोपालगज घर ५३ बर्षिय धरम कुसुवाहा, ५५ बर्षिय लोकेन्द्रनाथ जैशवाल र रोल्पा जिल्ला सुनछरी गाउँपालिका–३, का ३९ बर्षिय चुमान पुनको थप उपचारका लागि पोखराको मणिपाल अस्पताल रिफर गरिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
घाईतेमध्ये प्रादेशिक अस्पताल बेनीमा सर्लाही जिल्ला वागमति नगरपालिका–५,राजघाटका ३२ बर्षिय गणेश बहादुर मगर र बारा जिल्ल निजगढ नगरपालिका–७,माझीटोलका ४० बर्षिय कुमार थापाको उपचार भइरहेको छ । बेनीमा उपचार भइरहेकाको अवस्था हाल समान्य रहेको छ ।

आयोजनास्थलमा काम गरिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि भागाभाग भएको घाईते कुमार थापाले बताउनुभयो । घटनास्थलमा प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा टोली पुगेको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्ना र वडा नं ५ झिँको सिमानामा सोमबार दिउँसो एक्कासी खसेको पहिरोमा ज्यान गुमाउनेमा बागलुङको तमानखोला गाउँपालिका–१ का २२ बर्षिय सुजन बुढामगर र चितवन घर भएका अन्दाजी ४६ बर्षिय लालबहादुर सुनार रहेका छन् ।
