बेनी नगरपालिका–३ भकिम्ली बाघखोरमा खेल्ने क्रममा दुर्घटनामा परी खुट्टामा गम्भीर चोट लागेर घाईते भएकी ८ वर्षीया छोरी सारा विश्वकर्माको उपचारमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीले ६ लाखभन्दा बढी आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन् ।
गएको साउन महिनाको १ गते घर आसपासमा खेल्ने क्रममा चोट लागेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारार्थसारालाई ६ लाख १५ हजार १५ रुपैयाँ आर्थिक सहयोग जुटाइएको अभियानका संयोजक भकिम्लीका प्रकाश केसीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले परिवारको आग्रहमा बाल्यकालका साथीहरू, विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट सहयोग अभियान सञ्चालन गरिएको थियो ।

उपचारमा आर्थिक सहयोग गरेपछि सहज भएको साराका बुबा राजु विश्वकर्माले बताउनुभयो । छोरीको उपचारमा सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद समेत दिदै विश्वकर्माले अझै निको हुन समय लाग्ने भएकाले नियमित फलोअफमा रहेको जानकारी दिनुभयो ।
यसैबीच आर्थिक संकलन अभियानमा सहयोग तथा अभियानमार्फत सहयोग जुटाउने सम्पूर्णलाई अभियानका संयोजक केसीले धन्यवाद दिनुभयो ।
अस्ट्रेलियाबाट रुपा घर्ती – रू ८५,६००
बेल्जियमबाट लोक घर्ती मगर – रू ६५,११७
साउदीबाट दुर्गा बहादुर श्रीष – रू १०,४०० जापानबाट ओम विश्वकर्मा – रू ३२,२४९
जम्मा: रू ४,४८,५०० अन्य सहयोग प्रकाश विश्वकर्मा (भकिम्ली हाल दाङ) – रू ६८,३५५
बरंजा भकिम्ली माइती कुटुम्ब, काठमाडौं – रू ५०,५०० रामु विश्वकर्मा (भकिम्ली थामा, मलेसिया) – रू २७,६६० बेनी नगरपालिका कार्यालय – रू २०,०००
जम्मा: रू ६,१५,०१५