---Advertisement---

प्रकाश माविका विद्यार्थीसँग मनाइयो राष्ट्रिय सूचना दिवस

On: August 19, 2025 5:57 PM
Follow Us:

म्याग्दीका सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह-आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका हक सम्बन्धित जानकारी दिएर १९ औं राष्ट्रिय सूचना दिवस मनाइएको हो ।

दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा भुवन रानाले सूचनाको हक, सूचना कसरी माग्ने, सूचना मागको महत्व लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । हरेक नेपाली नागरिक सूचनाको मालिक भएकाले आफुलाई आवश्यक पर्ने सूचनाहरू सजिलै सम्बन्धित निकायबाट माग्न सकिने बताइएको थियो ।

कार्यक्रममा प्रकाश माविका सहयाक प्रअ एवम् सूचना अधिकारी विनय श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचनाको हक तथा प्रयोगका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।जिल्ला हुलाक कार्यालय म्याग्दीकी सूचना अधिकारी कलादेवी शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका उच्च मावि संयोजक कविराम थापा लगायतको उपस्थिती रहेको थियो ।


२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाउने गरिन्छ । म्याग्दीमा नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सूचनाका हक सम्बन्धि व्यवस्था गरिएको छ । आम नागरिकले सूचना माग्न नआएपनि सार्वजनिक कार्यालयले सूचना तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने बिधि भएअनुसार कार्यान्वयन गर्नुपर्ने सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख छ ।

प्रत्येक नागरीकले आफनो हकको सूचना पाउनका लागि सम्बिन्धत निकायको सुचना अधिकारीलाई गएर निवेदन दिनुपर्ने र त्यस अनुसार कार्यालयले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेछ ।

१५ दिनमा सुचना उपलब्ध नभएमा १६ औ दिनमा त्यही कार्यालयका प्रमुखमा उजुरी दिने र त्यसको जानकारी थप ७ दिनमा उपलब्ध गराउनुपर्ने ऐनमा उल्लेख भएपनि त्यस अवधिमा पनि उपलब्ध नभएमा त्यसको २३ औ दिनमा सूचना अधिकारी र कार्यालय प्रमुखकोविरुद्धमा सूचना आयोगमा मुद्धा दायर गर्न अर्थात पुनराबेदन दर्ता जारी गर्न सकिन्छ । सूचना नदिने कार्यालय प्रमुख र सुचना अधिकारीलाई जरिवाना र सजाय समेत हुन्छ ।

Leave a Comment