---Advertisement---

बिरेन्द्रटोल आमा समुह गठन,अध्यक्षमा संगीता श्रेष्ठ

On: August 19, 2025 10:05 PM
Follow Us:

बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा संगीता श्रेष्ठको अध्यक्षतामा बिरेन्द्रटोल आमा समुह गठन गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारको प्रमुख प्रशासकीय कार्यालयहरु रहेको बिरेन्द्रचोकमा बसोबास गर्ने महिलाहरूको भेलाले उपाध्यक्षमा प्रकृति पौडेल गौतम, सचिव सोविता कार्की, कोषाध्यक्ष रजिता घिमिरे गौतम, सह-सचिव शिलु श्रेष्ठ रहनुभएको छ ।

आमा समुहको सदस्यहरूमा प्रतिक्षा श्रेष्ठ, शिलु श्रेष्ठ, फूलमायाँ बानियाँ,बन्दना शर्मा, गिता थापा भण्डारी, पुष्पाकुमारी पुन, एलिना थापा, ममता पौडेल र सनिता जिसी रहनुभएको छ ।


बिरेन्द्रचोकमा स्थायी तथा अस्थायी रुपमा बासोबास गर्ने महिलाहरूको एकता र सहकार्य विभिन्न रचनात्मक कार्यहरू गर्ने आमा समुह गठन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘टोलका हरेक गतिविधिमा महिलाको सक्रियता छ, हामीले टोलका नियमित कार्यहरुसँगै महिला लक्षित गतिविधि अगाडी बढाउन समुह गठन गरेका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सदरमुकाम बेनीबजारमा रहेका टोल विकास संस्थामा नमुना बिरेन्द्र टोल विकास संस्थामार्फत टोललाई सफा, स्वच्छ, सुन्दर बनाउने अभियान अन्तरगत १ सय बर्ष पूरानो पिपलको चौतारीमा फलामको बेन्च, सार्वजनिक धारामा शुद्ध खानेपानीका साथै नियमित सरसफाई, घर अगाडी सडकको पर्खाल, बिजुलीको पोलमा गमलामा फूलको संरक्षण सहित नियमित हुने कार्यहरूमा महिलाहरूको सक्रियता रहेको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकबासीले आफ्नै लगानीमा टोल बनाउने कार्यले वडा, नगरपालिका सहित विभिन्न सरकारी निकायबाट समेत सम्मान समेत प्राप्त गरेको छ ।

Leave a Comment