---Advertisement---

स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

On: August 23, 2025 8:17 AM
Follow Us:

आई.एम.ई. लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना दिवसको अवसरमा शुक्रवार अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग भएको छ । कम्पनीको आठौं वार्षिकोत्सवको अवसरमा बेनी उपशाखाबाट बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरी स्थापना दिवस मनाइएको हो ।

म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलामा सञ्चालित बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरी कम्पनीको स्थापना दिवस मनाइएको सो ईन्स्योरेन्सको बेनी उपशाखाले जनाएको छ । स्थापना दिवस मनाउने कार्यक्रम अन्तर्गत विभिन्न २१ जना विद्यार्थीहरूलाई दशहजार रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनी उपशाखा प्रमुख अमृत शर्मा, अन्डरराईटिङ विभागकी कल्पना बानियाँ खड्का र विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीको उपस्थिति रहेको थियो । उक्त सामग्रीहरु बेनी उपशाखा प्रमुख शर्माले विद्यालयका प्रअ क्षत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Comment