---Advertisement---

चुत्रेनीमा नवौँ मुनसन कप शुरु

On: August 26, 2025 8:15 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तिज पर्वको अवसरमा मंगलबारदेखि रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

द मुनसन युवा क्लवले आयोजना गरेको पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाईन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ् । पहिलो दिन भएको महिला फुटसल प्रतियोगितामा आयोजक र म्याग्दी वक्सप फाइनलमा प्रवेश गरेका छन्।

छ समूह सहभागी प्रतियोगितामा मनसुनले कालीपुल युनाइटेड र म्याग्दी वक्ससपले बागलुङ इस्पोर्टलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । महिला फुटसलमा बिजेतालाई रु. २२ हजार, दुई सय २२ र उपबिजेतालाई रु. ११ हजार एक सय ११ पुरस्कारको व्यवस्था गरिएको छ ।

१३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद रु. एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लवका अध्यक्ष दिनेश बानियाले जानकारी दिनुभयो । अनुशाषित टिमलाई रु. १० हजार, उत्कृष्ट खेलाडी, किप्पर, डिफेण्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई रु. दुई÷दुई हजारका दरले पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

प्रतियोगिताको बेनी नगरपालिका –६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले उद्घाटन गर्नुभयो । उहाँले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउन रु. चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब रु. ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिनुभयो ।

शिक्षिका सिसम परियारले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Comment