---Advertisement---

जिम्मेवारीलाई कुशलतापुर्वक र सहज रुपमा ब्यवहारमा पुष्टि गर्छु : प्रजिअ तिवारी

On: August 28, 2025 3:55 PM
Follow Us:

म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जनताको सेवालाई ढिलासुस्ती नगरी दुत्र गतिमा दिने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीलेसेवा प्रवाहमा प्रक्रीया र कागजातमा सम्झौता नहुने र भनसुनको भरमा प्रक्रीया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्भव नहुने बताउनुभयो ।


स्थानीय तह र जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग सेवाप्रवाहलाई सहज र सरल बनाउन समन्वय गर्ने, जिल्लामा विकास निर्माणका कामलाई अनुगमन तथा जलविद्युत आयोजनामा मजदुरलाई हुने शोषण तथा दुर्घटनाका बारेमा अनुगमन, सार्वजनिक यातायाताको भाडा समायोजन लगायतका जनमैत्री कामलाई तत्काल सुरु गर्ने बताउनुभयो । पर्वतको मुडुकुवा घर भएका तिवारी यसअघि गृहमन्त्री रमेश लेखकको निजी सचिवको जिम्मेवारी हुनुहुन्थ्यो ।प्रजिअ तिवारीलाई सबै पक्षलाई सन्तुलनमा राखेर विवादरहित दंगले जिम्मेवारी पुरा गर्ने चुनौति छ ।


म्याग्दीको बारेमा सकारात्मक सन्देश रहेको र काम गर्न सजिलो हुने अपेक्षा सहित रोजेरै म्याग्दीमा सरुवा भएर आएको तिवारीको भनाई छ । कार्यालयमा हाजिर हुँदा सलामी ग्रहणका विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति पनि भेटघाटका क्रममा प्रजिअ तिवारीले सरकारी मापदण्ड अनुसारको कार्य भएकाले सुझावका लागि धन्यवाद दिदैं यसलाई नकारात्मक नलिन अनुरोध गर्नुभयो ।
कार्यालयको प्रवेशद्धारमा पिर्कामाथी चढेर सुरक्षाकर्मीले प्रजिअ तिवारीलाई दिएको सलामीका विषयमा सामाजिक सञ्जालमा कतिपयले नकारात्मक टिप्पणी गरेका छन भने केहीले गृहमन्त्रालयको नियम अनुसार भएकाले सामान्य भएको प्रतिक्रीया जनाएका छन् ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्का लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । हालै सरुवा भएर गृह मन्त्रालय जानुभएका उपसचिव गुरुदत्त ढकालले म्याग्दीमा दिएको सेवाका बारेमा सवत्र्र चर्चा र सम्मान रहेको थियो । जिल्लाका राजनीतिक दलले समेत हालसम्मकै उत्कृष्ट कार्यसम्पादन भन्दै ढकालको विदाई गरेका थिए ।

Leave a Comment