---Advertisement---

वाइसीएल म्याग्दीको सम्मेलन असोज ६ गते

On: August 28, 2025 8:45 PM
Follow Us:

नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ्ग कम्युनिष्ट लिग म्याग्दीको चौथो जिल्ला सम्मेलन आगामी असोज ६ गते बेनीमा हुने भएको छ । बेनीमा बिहिबार बसेको वाइसीएल म्याग्दीको विस्तारित बैठकले सम्मेलनको मिति तय गर्दै तयारी अघि बढाउने निर्णय गरेको हो ।

वाइसीएल म्याग्दीका संयोजक सन्दिप खत्रीले श्रम तथा उत्पादन योजनालाई निरन्तरता, सदस्यता विस्तार, संगठन सुदृढीकरण, छ वटै स्थानीय तह र जिल्लाको सम्मेलन गरिने जानकारी दिनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, पुर्वमन्त्री तथा वैकल्पिक केन्द्रिय सदस्य रेशम जुग्जाली, वाइसीएलका गण्डकी प्रदेश अध्यक्ष थमन गुरुङ, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, वाइसीएलका पुर्व जिल्ला इञ्चार्ज नगेन्द्र केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Leave a Comment