---Advertisement---

समयमै कालोपत्रे सम्पन्न गर्ने निर्माण ब्यवसायी हमाललाई सम्मान

On: August 28, 2025 9:04 PM
Follow Us:

पर्वतका सफल युवा उद्यमी तथा निर्माण व्यावसायी बिप्लब हमाल सम्मानित हुनुभएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा नं. १ पाङमा आयोजित खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा उहाँलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ओम श्री दक्षिणामकाली क्रसर उद्योग तथा कालीका इन्फास्टक्चर प्रालिका संचालक रहनुभएका हमालले कुश्मा नगरपालिका वडा नंं. १ कसेरीदेखि वडा नंं २ खुर्कोटको हिमालय मावि सम्मको सडक समयमै गुणस्तरीय रुपमा कालोपत्र गरी सम्पन्न गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।

पाङ युवा क्लवले आयोजना गरेको उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले हमाललाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।

झण्डै पाँच किलोमिटर लामो सडक हमालले निर्धारित म्याद भन्दा अगावै कालोपत्र र ढलान गरेर सम्पन्न गर्नुभएको थियो । पुर्वाधार विकास कार्यालय पर्वत मार्फत संचालित हिमालय मावि–नुहार–खनियाघाट सडक कालोपत्र गरिएको हो । चार किलोमिटर आठ सय मिटर लामो उक्त सडक मध्ये तीन किलोमिटर कालोपत्र र एक हजार आठ सय मिटर ढलान गरिएको थियो । हमालले जिम्मा लिएका अन्य सडक तथा पुर्वाधारहरुको काम समेत तीब्र गतिमा भैरहेको छ ।

 हमाल निर्माण व्यावसायसँगै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, लायन्स, रोटरी जस्ता सामाजिक संघ संस्थाको नेतृत्वमा समेत सक्रिय रहनुभएको छ । नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहनुभको हमाल नेपाल पेट्रोलियम एशोसिएसनको जिम्मेवार पदमा समेत आवद्ध हुनुहुन्छ ।

सम्मानित भएपछि हमालले आफुले सवै निकायको सहयोग र सद्भावका कारण समयमै काम सम्पन्न गर्न सफल भएको प्रतिकृया दिनुभयो ।

लामो समयदेखि क्रसर उद्योग संचालन गर्नुभएका हमालले पछिल्ला केहि वर्ष यता सुविधासम्पन्न पेट्रोल पम्प सँगै निर्माण व्यावसायमा समेत सक्रिय रहँदै आउनुभएको छ ।

पाङ युवा क्लवका अध्यक्ष जयराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब टेकबहादुर परियारले गर्नुभएको थियो । कार्यक्रममा तीज गीत प्रतियोगिता, नृत्य प्रतियोगिता सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो ।

Share this:

Leave a Comment