प्रथम बुद्ध कप अन्डर सेभेन फाइभ ’फाइभ–ए–साइड फुटबल प्रतियोगिताको छात्रातर्फको क्वाटरफाइनलका खेल सम्पन्न भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा विद्यालय प्राङ्गनमा आयोजित प्रतियोगिमा आयोजक बुद्ध एकेडेमी र म्याग्दी एकेडेमी, र माउण्ट एभरेष्ट आवासीय मावि र न्यु वेष्ट पोइन्ट आवासीय मावि सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक शिक्षक सोनम लामाले बताउनुभयो ।

प्रतियोगितामा छत्रातर्फ बुद्ध एकेडेमी र बालमन्दिर मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि र लिटल गार्डेन एकेडेमी, जनप्रिय मावि र केवी एकेडेमी तथा बेनी आवासीय मावि र डनिङ आवासीय मावि बिच प्रतियोगिता हुते छ ।

प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ ८ टिमको सहभागिता रहेको छ । छात्रातर्फ प्रथम, ३० हजार ३३३, द्धितिय १६ हजार ३३३ नगद, छात्रातर्फ १५ हजार ३३३ र ८ हजार ३३३ नगद, ट्र«फी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न विधामा समेत खेलाडीलाई सम्मान गरिने छ ।

विद्यालयस्तरमा रहेका फुटबल खेलका प्रतिभाको पहिचान तथा प्रोत्साहनका लागि आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको छ ।