---Advertisement---

शिक्षा विधेयकको विरोधमा बेनीमा निजी विद्यालयको बस र्‍याली

On: September 2, 2025 8:24 AM
Follow Us:

निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकको विरोधमा म्याग्दीको सदरमुकाम बेनीबजारमा बस तथा भ्यान र्‍याली निकालेका छन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत म्याग्दीमा रहेका निजी विद्यालयले स्कुल बस र भ्यानलाई सडकमा उतारेर प्रदर्शन गरिएको हो ।

र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नीजि विद्यालयको छाता सङ्गठन प्याब्सन म्याग्दीका सल्लाहकार राजु केसीले शिक्षा विधेयकले विद्यालयलाई गैर नाफामूलक बनाउन लागेको भन्दै शैक्षिक क्षेत्रमा गरिएको योगदानको सम्मान हुनुपर्नेमा राज्यबाट निरन्तर दमन भइरहेको बताउनुभयो ।


निजी विद्यालयमाथि संसदीय समितिले आफ्नो प्रतिवेदनसहित, विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेका बुँदाहरु परिवर्तन नभए थप आन्दोलन गर्ने प्याब्सन म्याग्दीका उपाध्यक्ष दिपक सुवेदीले बताउनुभयो ।

उपाध्यक्ष सुबेदीको नेतृत्वमा गरिएको बस ¥यालीको प्रारम्भमा उपाध्यक्षज्यूले विरोध ¥यालीको औचित्य र निजि विद्यालयको मागहरुबारेमा जानकारी दिनुभयो थियो ।

कोषाध्यक्ष शैलेश श्रेष्ठ, सहसचिव सनम बानियाँ, सदस्य ईन्द्र बरुवाल लगायतको उपस्थिती थियो । गत भदौ ५ गते बहुमतका आधारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको प्रतिवेदनप्रति असहमति जनाउँदै नीजि विद्यालय सञ्चालकहरू आन्दोलनमा छन् । उनीहरूले आफूहरूको माग सम्बोधन नभए भदौं १८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।

Leave a Comment