रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बेनीले कालिगण्डकी र म्याग्दी नदी क्षेत्रमा बृक्षारोपण गरेको छ ।इन्स्योरेन्स कम्पनी ८ बर्ष पूरा गरी ९ बर्षमा लागेको उपलक्ष्यमा थुपी सहित आर्कषक फुलहरु रोपिएको कम्पनीको धौलागिरी एरिया प्रमुख देबेन्द्र घिमिरेले बताउनुभयो । रिडरोड क्षेत्रको सुरक्षा तथा घुम्न जानेलाई समेत आर्कषक हुने गरी तोकिएको मापदण्ड भित्र रहेर बृक्षारोपण गरिएको घिमिरेको भनाई छ ।
कम्पनीले बार्षिकोत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेनि नपा-२ को सागर जाने बाटो क्षेत्रमा बृक्षारोपण गरेको छ । संस्था ८ बर्ष पूरा गरी ९ बर्षमा लागेको उपलक्ष्यमा धुपि सहित आर्कषक फुलहरु रोपिएको कम्पनीको धौलागिरी एरिया प्रमुख घिमिरेले बताउनुभयो । कम्पनीले बार्षिकोत्सवकै अवसरमा बेनी नगरपालिका क्षेत्रमा आमा समुह, जगन्नाथ मन्दीरलाई डस्विन वितरण, बिमाको महत्वका बारेमा समुदायस्तरमा विभिन्न कार्यक्रम सहित मनाउन लागेको बताउनुभयो ।
यसैबीच प्रदेश प्रथम एमडीआरटी श्री यसिन रोका ,करोडपति एमडीआरटी बिना खड्का, करोडपति नीलप्रसाद आचार्य, करोडपति निशान कटुवाल ,मेघास्टार एमडीआरटी कल्पना बरुवाल, मेगा स्टार एमडीआरटी नवीन पौडेल, हाफ करोडपति एमडीआरटी सञ्जु बरुवाल, हाफ करोडपति एमडीआरटी जमुना श्रीस लगाएत बिभिन्न बिधामा १००+ एजेन्सि ज्यूहरुलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रम सञ्चालन बाग्लुङ शाखा बिएम डिल कुमारी पुन ले गर्नुभयो भने उक्त कार्यक्रमको अध्यक्षता धौलागिरी प्रमुख देवेन्द्र घिमिरेले गर्नुभयो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले गर्नुभएको थियो।


