---Advertisement---

बेनी–दरबाङ सडकको खहरेखोलामा सुख्खा पहिरोले अवरुद्ध, यात्रुलाई सास्ती

On: September 2, 2025 8:57 AM
Follow Us:

पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्डअन्तर्गत पर्ने मङ्गला गाउँपालिका–२, खहरेखोलास्थित सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो । सडक मंगलबार साँझसम्म सञ्चालनमा आउने गरी ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।


सोमबार मर्मतकै क्रममा मेसिन बिग्रिएपछि काम रोकिएको थियो । ठुलो पहिरो खसेकाले खुलाउन कठिनाइ भएको छ । गत वर्षदेखि त्यस क्षेत्रमा पहिरो जान थालेको हो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । पहिरोको कारण मंगला गाउँपालिका, मालिका गाउँपालिका, धवलागिरी गाउँपाििलका सहित छिमेकी बागलुङका विभिन्न बस्तीमा जाने यात्रु समस्यामा परेका छन् । बेनी–दरबाङ सडक खण्डअन्तर्गत बाङ्गे पहिरो, फापरखेत पहिरोका कारण म्याग्दीबासीले बर्सेनि सास्ती बेहोर्नुपरेको छ ।

Leave a Comment