---Advertisement---

भकिम्लीका कलेजो रोगबाट ग्रसित श्रीषको उपचारमा सहयोगको अपिल

On: September 2, 2025 10:52 AM
Follow Us:

कलेजो रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका मिम वहादुर श्रीषको उपचारमा सहयोगको याचना गरिएको छ । विगत १३ बर्षदेखि कलोजेमा समस्या भएर उपचारार्थ श्रीषको थप उपचारका लागि आर्थिक समस्या भएपछि परिवारका सदस्यले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक र सहयोगी मनका धनीलाई अभियानमा साथ दिन अपिल गरिएको छ ।


बषौंदेखि अस्पतालमा उपचार गराएको भएपनि कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या भएपछि सहयोगको अनुरोध गरिएको पीडितकी बहिनी दिया पुनले बताउनुभयो । उपचारका लागि करिब ४ लाख आर्थिक आवश्यक पर्ने चिकित्सकले बताएपछि बेनपा ३ वडा कार्यालयले समेत सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेको छ ।

‘यति ठूलो रकम कहाँबाट जुटाउनु ? सबैको सहयोगले उपचार सम्भव भएकाले अपिल गरेका छौ’ पुनले भनुभयो । उपचारमा सहयोग गर्न चाहनेले पीडित श्रीषकी बहिनी दिया पुनको बैंक खाता तथा थप जानकारीका लागि मोबाइल नम्बर (9848823774) मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment