---Advertisement---

थाङ्नेबगरमा मोटरसाइकलको ट्याङ्की भेटियो

On: September 2, 2025 7:58 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–१,थाङ्नेबगर स्थित कालिगण्डकी नदीमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । सदरमुकाम शनिबार रातीबाट बेनीबजारको कालिगण्डकी नदीमा र्नििमत रिङरोडबाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त र प्रहरीको टोलीले पल्सर १५० सिसी मोटरसाइकलको ट्याङ्की फेला पारेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।


शनिबार राती साढे १० बजेदेखि बेनी नगरपालिका–६,जामुनाखर्कका हरि रिजाल र रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजार सम्पर्कविहिन भएको आशंकामा खोजीकार्यको क्रममा नदीमा मोटरसाइकलको ट्याङ्की भेटिएपछि पुष्टी गर्ने काम भइरहेको प्रनाउ थापाले बताउनुभयो शसस्त्र प्रहरी बलको गोताखोर टोलीको प्रयोग गरिएपनि घटनास्थल भनिएको स्थान आसपासमा खोजीकार्य गर्दा केही नभेटिएपछि कालिगण्डकी नदीको किनारामा खोजीकार्यमा जुटेको अवस्थामा भेटिएको ट्याङ्कीको पुष्टी गर्ने काम भइरहेको छ ।

सिसीटिभी फुटेज र घटनास्थलको आशंका गरिएको स्थानमा बेपत्ता सुबेदीको जुत्ता र हेल्मेटको सिसा भेटिएको थियो । कालिगण्डकी नदीको गहिराइ, खोँचहरू, बहावले गर्दा खोजी कार्यमा चुनौती भइरहेको अवस्थामा छ ।


शनिबार राती साढे १० बजे आसपासको समयमा म्याग्दी जेसीज नजिक पर्वतबेनीस्थित ग्रिल उद्योगबाट देखिएको सिसीटिभी फुटेजमा सडकबाट मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेजस्तो देखिन्छ भने कालिपुलस्थित पक्की पुलमा रहेको सिसी टिभीमा सोही समय आसपासमा रेकडमा देखिदैन् । बेपत्ता हुनुभएका कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारी र हरी बेनीको एक पसलमा लेखामा काम गर्नुहुन्छ । मोटरसाइकल दुर्घटना समयमा भीषण बर्षा भएको थियो ।

Leave a Comment