---Advertisement---

म्याग्दी जेसीज दुई राष्ट्रिय अवार्डबाट सम्मानित

On: September 2, 2025 10:07 PM
Follow Us:

म्याग्दी जेसीज दुई राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्यहरूमा सक्रिय म्याग्दी जेसीजले दमौलीमा सम्पन्न नेपाल जेसीजको क्षेत्र ख सम्मेलनमा म्याग्दी जेसीजले यस बर्ष गरेका कार्यक्रम तथा गतिविधिको आधारमा नेपाली जेसीजले स्थानीय सामुदायिक सशक्तिकरण अवार्ड र उत्कृष्ट प्रतिवेदन अवार्डबाट म्याग्दी जेसीजलाई पुरस्कृत गरेको शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले बताउनुभयो ।


नेपाल जेसीजको आयोजना र ब्यासनगर जेसीजको आतित्यथामा सम्पन्न सम्मेलनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवं सम्मेलन सभापती एलिना महर्जनले म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीलाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो । सम्मेलनमा नेपाल जेसीजबाट प्राप्त अवार्डले म्याग्दी जेसीजले गर्ने कार्यक्रम तथा गतिविधिको उचित मुल्यांकन भएको र आगामी दिनमा सामाजिक क्षेत्रमा थप रचनात्मक बन्न प्रेरणा दिएको महासचिप देबेन्द्र घिमिरेले बताउनुभयो । म्याग्दी जेसीजले नेपाल जेसीजबाट विभिन्न अवार्डले सम्मानित भएको छ ।

Leave a Comment