---Advertisement---

कागखोलामा बेलिब्रिज जडान, उपल्लो मुस्ताङ जानेलाई सहज

On: September 3, 2025 8:15 AM
Follow Us:

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,कागखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। बि.स २०८० साल साउन २८ गते कागखोलमा आएको बाढीले बगाएपछि बेनी नगरपालिका–९,राहुघाट नदीमा प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई लगेर जडान गरिएको हो । बेलिब्रिज निर्माणका लागि कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक आयोजनाले ढुवानी, मर्मत सहित सम्पूर्ण कार्यका लागि ३५ लाख लागतमा लम्बाइ ३६ मिटर र चौडाइ ५.४ मिटरको बेलिब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईंले बताउनुभयो ।


यसबर्ष मनसुनमा कागखोलामा पानीको बाहब बढेपछि पटकपटक सडक कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको थियो ।कागखोलामा बेलिब्रिज बनेपछि बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालि हुदै कोरला नाकासम्म जाने स्थानीय तथा पर्यटकलाई सास्ती हुने गरेको थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले बेलिब्रिजका लागि गरिएको प्रयास सफल भएको बताउनुभयो ।‘‘बेलिब्रिजबाट सवारीसाधन आवतजावत गर्न थालेका छन्,अब कागखोलामा बाढीपहिरो आउँदा पनि समस्या हुदैन ।’’

Leave a Comment