---Advertisement---

हत्केलामा ज्यान राखेर नदीभित्र खोज्ने गोताखोर!

On: September 3, 2025 10:16 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट हराएका दुई यूवाको कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलका जवान ओमकार थापा शरीर लाइफलाइन र अक्सिनज सिलिन्डर बाँधेर कालिगण्डकी नदीमा पस्नुभयो ।

बेनी नगरपालिका–७,म्याग्दी जेसीज नजिकबाट मोटरसाइकल दुर्घटना भएको सिसीटिभी फुटेजको संकेतको आधारमा उच्च बहावको कालिगण्डकीको धमिलो पानीमा मुनि–मुनि बग्दै छामेर पत्ता लगाउन विपद् ब्यवस्थापन बेस नारच्याङका जवान थापाले निकै प्रयास गर्नुभयो। जवान थापा पानीमा प्रवेश गर्दा वित्तिकै बाहिरबाट अर्का जवान सुनिल नेपालले केही संकेत गर्नुभयो ।


आसपासमा नेपाल प्रहरी र शसस्त्र प्रहरी सहितको टोली सहित भिडभाड भएपनि पानीमुनिबाट थापाको संकेतको जवाफ बाहिरबाट नेपालले दिनुहुन्थ्यो । करिब डेढ घण्टाको खोजीमा बेपत्ता भएका यूवाका बारेमा कुनै संकेत फेला नपरेपनि शसस्त्र प्रहरीका गोताखोर टोलीका सदस्य थापा र नेपालले आफ्नो ज्यान हत्केलामा राखेर खेलेको भूमिकाको प्रशंसा गरिएको छ । कालिगण्डकी नदीमा बर्खाको समयमा खोज तथा उद्धारमा सक्रिय हुदाँ नदीले बगाएर ल्याएका गेग्रान, सानो ढुंगामुढाको प्रहारले समेत गोताखोरलाई चोट लाग्ने गरेको छ ।


खोज तथा उद्धारमा खटिएनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी,प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा,शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी निरीक्षक विनोद पौडेल सहितको टोलीले समेत प्रत्यक्ष अवलोकन गर्नुभयो ।‘सानो कमजोरी भयो भने फर्केर आउने–नआउने ठेगान हुदैन, तिब्र बाहबले डोरी चुडिएमा मानवीय क्षती हुन्छ’ प्रहरी निरीक्षक महेश न्यौपानेले भन्नुभयो ।

म्याग्दीमा नदीखोलामा हुने दुर्घटना सहित प्राकृतिक विपत्ती, आगलागीमा समेत शसस्त्र प्रहरीको टोली नै परिचालन गरिन्छ । विपद् उद्धारको मुख्य भूमिका निभाउने गोताखोरलाई सशस्त्र प्रहरीको ब्रान्ड नै मानिन्छ । यसैबीच बेपत्ता बेनी नगरपालिका–६,जामुनाखर्कका हरि रिजाल र रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजारको खोजीकार्यलाई बुधबार समेत निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Comment