म्याग्दीबाट पितृ स्मृति ट्रिनिटी कप प्रदेशस्तरीय १६ बर्ष मुनिका महिला फुटबलमा सहभागि हुन जाने खेलाडीलाई विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रम गरी प्रतियोगिताका लागि छनौट भएका खेलाडी, टिम कोच, टिम ब्यवस्थापक र गोलरक्षक कोचलाई सम्मान सहित विदाई गरेको हो ।
प्रतियोगितामा रिदिमा भट्टचन (गोलकिपर),शिखा गुरुङ, समृद्धि घर्ती मगर, कविताश्री बनियाँ, सरिता पटेल, रोशिका घर्ती, मञ्जिता परियार (गोलकिपर), पूजा पुन, स्मृति छन्त्याल,बन्दना ठकुरी, आरती तिलिजा,जेनिशा पुन,पुजना तिलिजा, प्रिन्सी चोखाल र दिया छन्त्याल छनौट हुनुभएको थियो । प्रतियोगितामा टिम प्रशिक्षक खगेद्र पुन,टिम ब्यबस्थापकः कुमार बनियाँ र गोलकिपर प्रशिक्षक निशान केसीलाई समितिका कार्यबाहक अध्यक्ष नगेन्द्र मल्ल, कार्यसमिति सदस्य सोहन श्रेष्ठ, बाबुराम चोखाल, अबिनाश बानियाँ, कार्यालय प्रमुख दानबहादुर राई, म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति संगम चोखाल क्षत्रीले विदाई गर्नुभएको थियो ।

म्याग्दीलाई एन्फामा आबद्ध गर्न समेत फुटबलका विभिन्न प्रतियोगितामा सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने कार्यबाहक अध्यक्ष मल्लको भनाई छ । सोही अवसरमा जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले फुटबलमा म्याग्दीले सहभागितासँगै खेलाडी उत्पादनमा समेत सफलता प्राप्त गरेकाले आगामी दिनमा प्रशिक्षण र खेलमा सहभागितालाई सँगसँगै लैजाने बताउनुभयो । स्याङ्जा जिल्लामा भदौ १९ देखि २१ गतेसम्म हुनेछ ।