---Advertisement---

मुस्ताङमा सर्वोत्कृष्ट कृषक दम्पतीलाई घरमै सम्मान

On: September 4, 2025 8:58 AM
Follow Us:

नेपाल सरकार र गण्डकी प्रदेश सरकारबाट सवोत्कृष्ट कृषक घोषित मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङलाई वडा कार्यालयले घरमै पुगेर बुधबार सम्मान गरिएको छ । ६० रोपनी क्षेत्रफलमा स्याउ र च्याङ्ग्रा ब्यवसायमा सक्रिय दम्पत्तीलाई वडा अध्यक्ष कर्म घ्यचो गुरूङ, संस्थापक वडा अध्यक्ष तेन्जीङ नाम्ग्यल गुरुङ र वडा सचिव निरुता थापा मगरले सम्मानपत्र र खादाले सम्मा गर्नुभएको हो ।


घरखर्चका लागि एक रोपनी क्षेत्रफबाट स्याउ खेती गर्नुभएका आङ्ग्या र छिरिङ दम्पत्तीले स्थापना गरेको ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्मलाई नेपाल सरकार र गण्डकी प्रदेश सरकारबाट यसबर्षको सर्वोत्कृष्ट सम्मान गरेको थियो ।

हरेक बर्ष उदाहरणीय कृषिकर्म गर्ने किसानलाई प्रदान गर्ने नगद रू २ लाख रुपियाँसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले नगद ५० हजार रुयिाँ सहित दोसल्ला र सम्मानपत्रल पुरस्कृत गरिएको थियो । वडाभित्रका कृषकले राष्ट्रि«य र प्रदेश सरकारबाट सर्वोत्कृष्ट कृषकको सम्मान पाएकोमा वडाबाट समेत प्रोत्साहन गरिएको वडा अध्यक्ष गुरूङले बताउनुभयो । वडा अध्यक्ष गुरूङ, भन्नुहुन्छ,‘‘कृषि क्षेत्रमा उहाँहरूले गरेको मेहनत र सफलता धेरैका लागि प्रेरणादायी बन्छ, उहाँजस्तै कृषकलाई भविस्यमा पनि प्रोत्साहनका निति ल्याउँछौ ।’’


सोही अवसरमा कृषक छिरिङ आङ्गया दम्पत्तीले सम्मानले उर्जा थपिने बताउनुभयो । उहाँले आफ्नो स्याउ बारीमा २५ सय स्याउको बोट रहेकोमा यसबर्ष छिमेकी जिल्ला मनाङबाट ५ सय बोट हाइडेन्सी प्रजातिको स्याउ समेत रोपेको बताउनुभयो । आफ्नो कृषि फार्ममा ६ जनालाई रोजगारी समेत दिएको बताउनुभयो । १३ घरधुरी रहेका तिरी गाउँमा खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मुस्ताङ मार्फत ५ सय ८५ मिटर तल कालिगण्डकी नदीको पानी लगिएपछि अहिले फलफुल खेतीमा आर्कषण बढेको छ ।

Leave a Comment