---Advertisement---

नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री

On: September 4, 2025 1:35 PM
Follow Us:

नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।कर्माचारी युनियनको ३६ औं स्थापना दिवसको अवसरमा विहिबार बेनी नगरपालिका –५,बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्राेत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

विद्यालय अन्तर्गत बौद्धिक अपाङ्गता छात्रावास परिसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,कांग्रेस प्रदेश सभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन ,नेपाल निजामति कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदी लगायतले विद्यालयका प्रअ धनबहादुर क्षेत्री र विद्यार्थीहरुलाई उक्त खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो । उपसभापति भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारी युनियनले गरेको सहयोग प्रशसंनीय रहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकाको शिक्षा ,स्वास्थ्य लगायत आधारभुत क्षेत्रमा अभिभावक ,समाज र राज्य थप जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कर्माचारीहरुको पेशागत हकहितको संरक्षण र प्रवद्र्धनमा युनियनको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै उपसभापति भण्डारीले राजनितिक दल र कर्मचारीहरुको सहकार्यमा सार्वजनिक प्रशासनलाई थप सुदृढ र गतिशिल बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले ब्यानर पढेर उद्घाटन गर्नुभएकाे थियाे ।हरेक वर्ष विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष पनि फरक क्षमताका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई केही सहयोग पु¥याउने उद्धेश्यले बीस हजार रुपैयाँ बढीको चामल ,तेल लगायत सामाग्री वितरण गरिएको कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदीले बताउनुभयो ।

विद्यालयका प्रअ धनबहादुर क्षेत्रीले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार ,विद्यालयमा आवासीय सुविधा सहित बौद्धिक अपाङ्गता स्राेत कक्षामा विद्यार्थीको संख्या २१ र सामान्य ३१ जना गरी ५२ जना विद्यार्थी अध्ययनरत छन् । उहाँले छात्रावासमा आवासीय सुविधा सहित अध्ययनरत विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र थप सुविधा सम्पन्न संरचना आवश्यक रहेको बताउनुभयो । सहसचिव तारा बानियाँ (जगत)ले संचालन र उपाध्यक्ष प्रदिप गौतमले स्वागत गर्नुभएको कार्यक्रममा कर्मचारी युनियन म्याग्दीका सल्लाहकारहरु किरणचन्द्र सुवेदी ,सन्जिव बास्तोला ,रमेश बस्नेत ,अमृत कँडेल लगायत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विज्ञान केसी लगायतको सहभागीता रहेको थियो ।

Leave a Comment