म्याग्दीको सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट बेपत्ता रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजार फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
कालिगण्डकी नदीमा र्निमित रिडरोडबाट ६ दिन अगाडी बेनी नगरपालिका–६,जामुनाखर्कका रिजालसँगै सवार रिजाल चढेको मोटरसाइकलको ट्याङ्की बेनी नगरपालिका–१,थाङ्नेबगर स्थित कालिगण्डकी नदीमा भेटिएको,सिसीटिभी फुटेजको आधारमा जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर शुक्रबार अन्तिम दाहसंस्कार गरेको हो ।
मोटरसाइकाल चालक जामुनाखर्कका हरिको शब मालढुंगामा शुक्रबार भेटिएको थियो । सम्पर्कविहिन भएको भोलीपल्टदेखि निरन्तर खोजीकार्य गर्ने क्रममा मृतक हरिको जुत्ता र हेल्मेटको सिसा घटनस्थल मानिएको बेनपा वडा नं ७ र वडा नं ८ को सिमाना म्याग्दी जेसीजको भवन नजिकै भेटिएको थियो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी आफन्तले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको नेपाल शिक्षक महासंघका निर्वतमान अध्यक्ष जयराम सुबेदीले बताउनुभयो ।
यता मोटरसाइकल चालकको शब भेटिएपनि बेपत्ता कुमारको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बेनीअनलाइनलाई बताउनुभयो । बेपत्ता हुनुभएका कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारी र मृतक हरि बेनीको एक पसलमा लेखामा काम गर्नुहुन्छ ।
File photo