म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेनी नगरपालिका–८ मा मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–.७ तीन बर्षिय रियास सुनारको ज्यान गएको हो ।
उक्त जिपले बालकलाई ठक्कर दिएपछि गम्भीर घाईते अवस्थामा प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा चिकित्सकले राती पौने ९ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बेनीअनलाइनलाई बताउनुभयो । ‘चिन्ताजनक अवस्थामा अस्पतालमा पु¥याइएको थियो, चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । जिल्ला प्रहरी कार्यालयले दुर्घटनापछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।