मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश पोखराको आयोजना र जिल्ला प्रशासन कार्यालय म्याग्दीको सन्वयमा आइतबार सदरमुकाम बेनीमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अदालत, बार एशोसियसन, मुख्य न्यायाधिवक्ताको कार्यालय तथा अन्य सरोकारवालासँग कानुन, भ्रष्ट्राचार न्यूनीकरण एवं सुशासन प्रवद्र्धन सम्बन्धी विषयमा अन्तरक्रिया र छलफल गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले भ्रष्ट्राचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्बन्धी अवधारणापत्र विषयमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रस्तुतीकरणसहित कार्यक्रममाथि सहजीकरण गर्दै भ्रष्ट्राचार मौलाउनुमा कु–संस्कार, अपारदर्शीता, गैरजवाफदेहिता, कार्यक्षमताको अभाव, न्यायिक विचलन, झण्झटिलो सार्वजनिक सेवा प्रवाह र महङ्गो निर्वाचन प्रणाली रहेको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा प्रस्तुत अवधारणापत्रमाथि विभिन्न तीनवटा समूह विभाजन गरेर अन्तत्र्रिmया र छलफलसहित प्रस्तुतीकरण गरिएको थियो । प्रशासन समूहबाट किरणचन्द्र सुवेदी, राजनीतिक समूहबाट कृष्णकुमार विश्वकर्मा र स्वतन्त्र नागरिक समूहबाट सुदर्शनकुमार श्रेष्ठले आ–आफ्नो समूहमा अन्तत्र्रिmया तथा छलफलपश्चात् निकालिएको निष्कर्षसहित प्रस्तुतीकरण गर्नुभएको थियो । तीनवटा समूहबाट भएको प्रस्तुीकरणबारे जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले टिप्पणी गर्नुभयो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले राज्यका निकायहरु पारदर्शी, जिम्मेवार तथा जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गरेमा सुशासन कायम हुने बताउनुभयो । उहाँले भ्रष्ट्राचार न्यूनीकरण गरी सुशासन कायम गर्नको लागि राज्यका निकायसहित सरोकारवालाहरु एक भएर लाग्नुपर्ने बताउँदै सबै मिलेर भ्रष्ट्राचारको शुन्य सहनशीलता कायम गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । भ्रष्ट्राचारको न्यूनीकरण गरी सुशासन कायम गर्नका लागि सबैको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने कार्यवाहक प्रमुख खत्रीको भनाइ छ ।

म्याग्दीका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाले कमीकमजोरी सुधार गरी गलत प्रवृत्तिको अन्त्य गरेर समाजमा सुशासन कायम गर्नुपर्ने बताउनुभयो । उहाँले कसैको दवाव र प्रलोभनमा नपरी जनतालाई कानुन बमोजिम छिटोछरितो सेवा दिनुपर्ने बताउँदै भ्रष्ट्राचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्नका निम्ती सबै प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले नेपालमा गणतन्त्र आएको लामो समय भए पनि अझै नागरिकहरुमा गुनासो कायमै रहेकाले त्यसलाई सम्बोधन गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जिल्लामा कुनै पनि क्षेत्रमा आर्थिक अनियमितता एवं भ्रष्ट्राचार भएको पाइएमा प्रशासन कार्यालयमा खबर गर्न अनुरोध गर्दै भ्रष्ट्राचारको न्यूनीकरण गरी सुशासन कायम गर्न सरोकारवाला सबैको भूमिका रहने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबि)ले समाजलाई सुधार गरेर देशको विकास गर्नको लागि सकारात्मक सोच बनाउनुपर्ने बताउनुभयो । भ्रष्ट्राचारलाई शुन्य बनाएर सुशासन कायम गर्नसके देशको विकास हुने उहाँको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका उपन्यायाधिवक्ता श्रीकला पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेनी नरपालिकाका नगर प्रमुख सुरत केसीसहित स्थानीय तहका प्रमुखहरु, म्याग्दी जिल्लास्थित राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालय, सामाजिक संघसंस्था, निजी क्षेत्र, नागरिक समाज लगायतले सहभागिता जनाएका थिए ।