भ्रस्टाचार र कुशासनकाे विरूद्द पछिल्लाे पुस्ता अर्थात जेनजीले छेडेकाे आन्दोलनकाे दाेस्राे दिन देशैभर प्रदर्शनहरू भएका छन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको हाे ।
देशका प्रमुख शहरहरूमा कर्फ्यु जारी भएकाे छ भने कतिपय शहरमा निशेधाज्ञा जारी भएकाे छ । प्रदर्शनकारीहरूले प्रदर्शनकाे दाेस्राे दिन विशेषत् शिर्षस्थ नेताहरूकाे निवासलाई निशाना बनाएकाे देखिन्छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
यता, प्रदर्शनमा उत्रिएका जेनजीमाथि सरकारले गरेकाे धरपकड र १९ जनाकाे हत्या पश्चात आक्रोशित बनेको प्रदर्शनकारीको समूहले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर तोडफोड गरेका छन् भने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको घर घेराउ गरेका छन् ।
यस्तै, रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ ।