अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
शीतल निवासमा आयोजित एक कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि शपथ गराएका हुन् ।
उनलाई आजै राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।