नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघले बधाई दिएको छ।
अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले जारी गरेको विज्ञप्तिमा शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाइएको छ।
प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
