---Advertisement---

जेन-जी प्रदर्शनका कारण बन्द भएका विद्यालय खुले

On: September 14, 2025 9:23 AM
Follow Us:

गत सोमबार र मंगलबार जेन–जी प्रदर्शनका कारण कफ्र्यु जारी भएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्थामा आज आइतबारदेखि पठनपाठन सुरु भएको छ । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयले नियमित शैक्षिक क्यालेन्डर अनुसार नै विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइएको हो ।


बेनी नगरपालिका सहित अन्य स्थानीय तहले पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि विद्यालयमा जानकारी गराएको छ। नगर प्रमुख सुरत केसीले जेन–जी प्रदर्शनमा नगरभित्रका विद्यालयमा क्षती नभएकाले पठनपाठनमा कुनै समस्या नभएको बताउनुभयो । आन्दोलनका कारण विद्यालयको परीक्षा, खेलकुद गतिविधि सहित अन्य विभिन्न तालिकाहरु प्रभावित भएको थियो ।

Leave a Comment