---Advertisement---

म्याग्दीबाट फरार भएका कैदीबन्दी धमाधम पक्राउ पर्न थाले

By Hari Krishna Gautam
On: September 14, 2025 10:10 AM
Follow Us:

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा म्याग्दी कारागारबट फरार भएका मध्ये ४३ जना पुनः कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आन्दोलनको क्रममा भागेकामध्ये १६ जना आफैं सम्पर्कमा आएका थिए ।

म्याग्दीबाट फरार भएर छिमेकी जिल्ला बागलुङ लगायतका क्षेत्रमा पुगेका कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो। ‘फरार कैदीबन्दीको खोजीकार्य भइरहेको छ, उहाँहरु आफैं आए राम्रो हुन्छ, पक्राउ गरेर ल्याउनुपरेमा थप जरिवाना र सजाय थपिन्छ’ प्रनाउ थापाले बेनीअनलाइनलाई भन्नुभयो ।

जिल्ला कारागार शाखाको फितलो समन्वयका कारण विहानपख भागेका कैदीबन्दीहरुको खोजीकार्यमा प्रहरीले साधा पोशाक तथा विशेष यूनिट नै परिचालन गरेको प्रनाउ थापाले बताउनुभयो । ‘हामीले आफैं सम्पर्कमा आउनेलाई सुरक्षित साथ कारागार पठाएका छौ, अन्य जिल्लाबाट फरार भएकालाई सम्बन्धित जिल्लाकै कारागारमा पठाउनेछौ’ बेनीअनलाइनसँगको कुराकानीमा प्रनाउ थापाले भन्नुभयो ।

प्रहरीले बाहिर र भित्रबाट योजनाबद्ध तरिकाले कैदीबन्दी भाग्ने योजनामा संलग्नहरुको समेत सिसीटिभी फुटेजबाट खोजी गरिरहेको छ । जेलबाट भगाउन सहयोग गर्नेको समेत सिसीटिभी फुटेजबाट खोजीकार्य भइरहेको छ ।

जेलबाट भाग्नु अगाडी ं६ जना महिलासहित १२ जना बन्दी मात्रै कारागारमा रहेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले काठमाण्डौबाट भागेका १ जना र कास्कीबाट आएका ५ जनालाई समेत जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।

Hari Krishna Gautam

Leave a Comment