---Advertisement---

सुख्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

By Hari krishna Gautam
On: September 14, 2025 11:47 AM
Follow Us:

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड आइतबार विहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४को सिमानामा पर्ने काभ्रेभीरमा सडकमाथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।


शनिबार राति सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको सडकका सुपरभाइजर इन्द्रसिंङ शेरचनले बेनीअनलाइनलाई बताउनुभयो । सडकखण्डमा पहिरो सहित खसेको ठुलो चट्टान पन्छाउनका लागि आयोजनाले डोजर परिचालन गरेको छ । पहिरो पन्छाउन दिनभरी लाग्ने अनुमान गरिएको छ । वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा यात्रा अझै पनि जोखिम रहेको छ ।

यसैबीच अन्नपूर्ण–३ सुकेबगरमा दैनिक ५ पटकसम्म पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । पहिरो पन्छाउँदा वित्तिकै खस्दा पन्छाउने गरी डोजर राखिएको छ । बेनी–जोमसोम–कोरला सडकमा भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण बाढीपहिरोले अवरुद्ध हुने गरेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ ।

Hari krishna Gautam

Leave a Comment