---Advertisement---

जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन

On: September 14, 2025 9:49 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारमा जेनजी आन्दोलनमा निधन भएकाहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको छ । गत साता देशका विभिन्न क्षेत्रमा ज्यान गुमाएकाहरुको सम्झनामा म्याग्दी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ र जेन्जी समुह म्याग्दीले दीप प्रज्जवलन गरेका हुन् ।


कार्यक्रममा म्याग्दी उवासंघको अध्यक्ष सुविन श्रेष्ठ, गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, निर्वतमान अध्यक्ष हरिप्रसाद श्रेष्ठ, जेन्सी समुहका प्रतिनिधि सुनिल शर्माको उपस्थिती रहेको थियो । दीप प्रज्जवलनमा आन्दोलनका क्रममा जनधनको क्षतीबाट स्तब्ध भएको बताउँदै आगामी दिनमा परिवतर्नका लागि आन्दोलन गनुपर्ने बाध्यताको अन्त्य गनुपर्नेमा जोड दिइएको थियो ।

Leave a Comment